तीन पाङग्रे अटाेकाे नियमन र व्यवस्थापनका बिषयमा सर्बपक्षिय बैठक

दाङ, १७ कार्तिक। जिल्ला प्रशासन कार्यालय घाेराहि दाङमा अाज बसेकाे सर्बपक्षिय बैठकले दाङ जिल्लामा रहेका तीन पाङग्रे अटाेकाे नियमन र व्यवस्थापनका बिषयमा व्यापक छलफल गरि बिविध बिषयमा निर्णयहरु पारित गरेकाे छ।

दाङका प्रमुख  जिल्ला अधिकारी  गाेबिन्द   रिजालकाे संयाेजकत्वमा बसेकाे  बैठकमा  ,घोराहीउपमहानगरपालिका वडा नं. १४का वडाध्यक्ष शक्तिराम डाँगी,यातायात व्यवस्था कार्यालय राप्तीका कार्यालय प्रमुख मित्रलाल ढकाल, जिल्ला प्रहरी कार्यालय दाङका कार्यालय प्रमुख प्र.नि. प्रेमप्रशाद रेग्मी लगाएत बिभिन्न अटो ब्यवसायीहरुका पदाधिकारीहरु, पत्रकारहरुको उपस्थिती रहेको थियो ।

सवारी चालक अनुमति पत्र प्राप्त नगरी सवारी चलाएका कारण नियन्त्रण लिईएका अटो टेम्पोहरुलाई नियमानुसार कारवाही गर्ने र लाईसेन्स प्राप्त गरेपछि मात्र सवारी चलाउने लिखित प्रतिबद्घदा जनाउन लागाएर सवारी धनिको जिम्मा लगाउने ,अटो रिक्सा सम्बन्धित यातायात प्रा.लिहरु मार्फत यातायात ब्यवस्था कार्यालयमा पंजिकृत गर्ने, जथाभावी भाडा दर लिने र क्षमता भन्दा बढी यात्रु बोक्ने अटो टेम्पोलाईलाई कारवाहीको दायरामा ल्याउने, अटो सञ्चालकहरुले भाडादर यात्रुले देख्ने ठाँउमा टास्ने र काजगपत्र नबिकरण गराउदा अनिवार्य रुपमा बिमा गरेको हुनुपर्ने लगाएतका बिषयमा महत्वपुर्ण निर्णयहरु भएका छन।

अटाे टेम्पाेका कारण हुने गरेका दुर्धटना न्युनिकरण गर्न र अटाेलाई नियमन र व्यवस्थापन गर्न सर्बपक्षिय बैठककाे अायाेजना गरिएकाे थियाे ।

 

प्रतिक्रिया दिनुहोस