लीपुलेक क्षेत्रको बारेमा सरकार चुप लागेर नबस्ने;सञ्चार मन्त्री

पाल्पा २२,कार्तिक ।सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले लिपुलेक क्षेत्रको बारेमा सरकार चुप लागेर नबस्ने चेतावनी दिनुभएको छ। यो भूमिको रक्षाको निम्ति सरकार जस्तोसुकै कदम चाल्न तयार रहेको बास्कोटाले बताउनु भयो। स्याङजाको कालिगण्डकी गाउँपालिका–३ आलमदेवीमा आलमदेवी मन्दिर अंकित टिकटको विमोचन गर्दै मन्त्री बास्कोटाले यस्तो बताउनु भएको हो ।

राष्ट्रिय सार्वभौम माथि कतैबाट आँच पुर्‍याउने काम नहुनेमा आफू विश्वस्त रहेको उहाले दाबी गर्नुभयो। यदि कतैबाट यस्तो गतिविधि भएमा सरकार र यहाँका नेपाली जनता चुप लागेर नबस्ने उहाको भनाई छ।

आकार वा प्रकार, सामर्थ्य आर्थिक तथा सामरिक सामार्थ्यको हिसाबले कुनै देश ठूला र साना भए पनि कुनै पनि देशको सार्वभौमसत्ता सानो र ठूलो हुनै नसक्ने मन्त्री बाँस्कोटाको भनाइ छ।

सार्वभौम सत्ता समान आधारमा अन्तर्राष्‍ट्रियस्तरमा स्थापित गरेरै छोडने मन्त्री बास्कोटाले प्रतिबद्धता गर्नुभयो। बेलाबेलामा आउने यस्ता झोक्काहरूबाट नतर्सिन उहाँको आग्रह छ। सरकारले यथोचित कदम चाल्‍ने र त्यो कदम स्वाभाविक रुपमा कूटनीतिक र राजनीतिक तहबाट हुने र ‘कसैले बलको तागत नदेखाए हुन्छ’ मन्त्री बास्कोटाले बताउनुभयो, ‘संसारमा क्षेप्‍यास्त्र बोकेर कसैले लडाइँ जितेको छैन।’ हामी हेर्न सक्छौ महाशक्ति राष्ट्रहरुले संचालन गरेका कैयौं युद्धह सफल भएका छैनन् त्यसैले आतिनु नपर्ने मन्त्री बास्कोटको भनाइ थियो।
कालपानीको कुरा सुगौलीसन्धिको-५ मा कालिनदीको पश्चिमतिर नेपालका राजा वा उनका उत्तराधिकारीले कुनै पनि दखल दिने छैनन्’ भन्ने उल्लेख भएको बास्कोटाको जिकिर थियो । ‘भन्सारका अड्डामार्फत यस क्षेत्रमा राजस्‍व उठाएका छौँ, लिपुलेक क्षेत्रमा ५ हजार देखि ३६ हजारसम्म राजस्‍व पनि लिने गरेका छौं’ , ‘यो सबैभन्दा ठूलो प्रमाण हो।’

पछिल्लो समयमा आएको सीमा विवादबारे टेबलमा बसेर कूटनीतिक, राजनीतिक तवरबाट समाधान गर्ने मन्त्री बास्कोटको भनाई छ ।

प्रतिक्रिया दिनुहोस