जुनेटिक रोग सम्बन्धी जनचेतनामूलक कार्यक्रम सञ्चालन

सल्यान,२७ कार्तिक ।शारदा नागरपालिका अन्तर्गत पशु सेवा शाखा सल्यानको जनचेतनामूलक स्कूल शिक्षा कार्यक्रम आज मुल्डॉडामा सम्पन्न भएको छ ।पशु सेवा शाखा शारदा नागरपालिका सल्यानकी प्रमुख कूष्मा के.सी. र पशु अस्पताल तथा पशु सेवा कार्यालय सल्यानकि नायब पशु स्वास्थय प्राबिधिक शर्मिला बुढाथोकीले जुनेटिक र बर्डफ्लू सम्बन्धी स्कूल शिक्षा कार्यक्रमको सहजिकरण गर्नुभएको हो ।पहिलो चौमासिक कार्यक्रम अन्तर्गत पहिलो चरणका ३ बिद्यालय मध्य सल्यानको कालिका माध्यमिक बिद्यालय कजेरी,महेन्द्र रत्न माध्यमिक बिद्यालय हिवल्चा र श्री शिव माध्यमिक बिद्यालय मुल्डॉडामा आज यस्तो कार्यक्रम सञ्चालन गरिएको हो ।नेपाल कृषि प्रदान देश भएको र अधिकांसको घरमा कुकुर र बिरालो पालिने र आवेस्यक्ता अनुसार भ्याक्शिन दिने नदिने कुराको बारेमा जानकारी गराइएको हो । जुनेटिक रोग भनेको पशुबाट,मानिसमा र मानिस बाट पशुमा सर्ने रोग जुनेटिक भएको र यस्तो रोगबाट बच्नको लागी सचेत रहन कक्षा ९ र १० का बिद्यार्थीहरुलाई जानकारी दिएको हो ।

संक्रमित पशुको र्यालको माध्यमबाट रेबीज,क्षयरोग,बर्डफ्लू,स्वाइनफ्लू,जस्ता रोगहरु सर्ने भएकोले बिद्यार्थी मार्फत चेतना फैलाउन लागेको कार्यक्रममा जानकारी दिइएको थियो ।रेबीज रोग लागे पछि निको नहुने भएकोले रोग लाग्न बाट सचेत रहने उद्देश्यका साथ कार्यक्रम अगाडी बढेको हो ।यदि मानिसलाई संक्रमित पशुले टोकेमा रेबीज बिरुद्धको भ्याक्शिन तुरुन्तै लगाउनु पर्ने समेत जानकारी गराइएको थियो ।बिद्यालका प्रधानाध्यापक डिल्ली बहादुर हमालको को अध्यक्षतामा सञ्चालन भएको कार्यक्रम्मा बिद्यार्थी एव शिक्षकको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस