जिप दुर्घटना हुदा दुईको घटनास्थलमै मृत्यु , आठ घाईते

दाङ,२८ कार्तिक। सल्यान जिल्लाको त्रिवेणी गा.पा.४ बमखोला स्थित अन्दाजी १०ः१५ बजे जिप दुर्घटना हुदा दुई जनाको घटामस्थलमै ज्यान गएको भने घटनामा ८ जना घाईते भएका छन । रा१ज ४३० नम्बरको जिप सल्यानको फलवाङ बाट तुलसीपुर तर्फ आउदै गर्दा बमखोला स्थित अन्यिन्त्रित भर्ई बाटो बाट करिब २५० मिटर तल खसेको थियो ।


घटनामा मृत्यु हुनेमा जिल्ला सल्यान त्रिवेणी गा.पा–०४ फलवाङ घर भएकी बर्ष ५९ कि योगी थापा र  ऐ.ऐ.बस्ने बर्ष ५४ कि कृष्णदेबी परियार रहेको प्रहरीले जनाएको छ ।
घटनामा ८ जना घाईते समेत भएका छन घाईते हुनेमा जिल्ला सल्यान त्रिवेणी गा.पा–०४ फलवाङ बस्ने बर्ष २३ कि रिता रावत, ऐ.ऐ. बस्ने बर्ष ३२ कि साबित्रा खत्री, ऐ.ऐ. बस्ने बर्ष ५ कि ज्योती रावत, ऐ.ऐ. बस्ने बर्ष ४ कि मोति रावत, ऐ.ऐ. बस्ने बर्ष १६ कि तारा थापा, जिल्ला दाङ तुलसीपुर उ.म.न.पा–५ बस्ने बर्ष २८ कि डिला बुढा, जिल्ला दाङ तुलसीपुर उ.म.न.पा–१ भम्के बस्ने बर्ष २१ कि राधा बोहरा र जिप चालक सल्यान त्रिवेणी गा.पा–०४ फलवाङ घर भएका बर्ष २८को सन्देश परियार समेत रहेको प्रहरीले जनाएको छ ।

घाईतेहरु मध्ये राधा बोहरा र रिता रावतलाई राप्ती प्रादेशिक अस्पतालमा उपचार पश्चात थप उपचारका लागि कोहलपुर रेफर गरिएको छ भने अन्यको भने स्थानिय अस्पताल र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भईरहेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस