दाङ,२९ कार्तिक। त्रि.बिबाट प्रकाशित स्नातक तहको नतिजा सार्वजनिक भएसंगै ज्ञान दिप कलेज तुलसीपुरका छात्रा दुर्गा कुमारी शर्मा र सोही कलेजका छात्र सुशील डाँगीले प्रदेश नं.५ कै उत्क्रष्ट अंक हासिल गर्नु भएको छ ।
दुर्गा कुमारी शर्माले ७९प्रतिशत र शुशिल डाँगीले ७८.६प्रतिशत अंक प्राप्त गरी प्रदेश नं.५ कै पहिलो र दास्रो स्थान हासिल गर्न सफल भएको कलेज प्रशासनले जनाएको छ ।
ज्ञान दिप कलेज तुलसीपुरले यसअधि पनि बिभिन्न सँकायमा उत्क्रष्ट नतिजा ल्याउदै आएको छ । कलेजले बिहिवार एक कार्यक्रमकाे आयाेजना गरी उत्क्रष्ट नतिजा ल्याउने बिध्यार्थीहरुलाई दाेस्ल्ला अाेढाई सम्मान ब्यक्त गरेकाे थियाे ।