आठौँ राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजस्व कार्यालय तुलसीपुरको आयोजनामा कर सप्ताहको उद्घाटन कार्यक्रम

दाङ, ०१मंसिर। आठौँ राष्ट्रिय कर दिवसको अवसरमा “स्वच्छ कर प्रशासनःविकाश र सुशासन” भन्ने नाराका साथ आन्तरिक राजस्व कार्यालय तुलसीपुरको आयोजनामा कर सप्ताहको उदघाटन समारोह सम्पन्न भएको छ ।
कार्यक्रममा कर कार्यालयका कर्मचारीहरु, उद्योग बाणिज्य संघका पदाघिकारीहरु, बुद्घिजिबी, करदाताहरु लगाएत पत्रकारहरुको सहभागिता रहेको थियो ।
आन्तरिक राजस्व कार्यालय तुलसीपुरको आयोजनामा मंसिर १ देखि मंसिर ७ गते सम्म जिल्लाका बिभिन्न स्थानहरुमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रमको आयोजना समेत गरिने भएको छ ।
मंसिर २ गते देउखुरी स्थित उद्योग बाणिज्य संघ र लमहीमा , मंसिर ३ गते घोराही उद्योग बाणिज्य संघमा,  मंसिर ४ गते हापुरे उद्योग बाणिज्य संघमा , मंसिर ५ गते राप्ती बवई क्याम्पस तुलसीपुरमा, मंसिर ६ गते तुलसीपुर उद्योग बाणिज्य संघमा र मंसिर ७ गते कार्यालयको हाता भित्र फलफुलको बिरुवा रोपण र करदाता सम्मान तथा कर सप्ताह समापन कार्यक्रम रहेको आन्तरिक राजस्व कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस