गिट्टि कुटेर आफनो पढाई खर्च धान्दै दुई दिदिबहिनी

सल्यान,१३ मंसिर ।आमाको काखमा बस्दा आमाले पकाएको खाना खाने र चिटिक्क परेको कपडा लगाउने उमेरमा जन्मदिने आमा गुमाएका दुई दिदीबहिनी जस्ले आफनो दैनिकी चलाउन बिहान बेलुका र शनिबार समेत गिट्टि कुटने र बालुवा चाल्ने काम गर्दै आएका छन ।शारदा नगरपालिका १५ स्यालेघारीमा बस्दै आएका दिदीबहिनी मध्य शारदा विश्वकर्मा र सम्झना विश्वकर्माले भण्डै पाँच वर्ष पहिले आमा गुमाएका हुन ।आमा गुमाएका उनीहरु बुबा र हजुरआमा संग बस्दै आए पनि बुबा अत्याधिक रक्सी सेवन गर्ने हुदा दुइ नातिनीहरु र एक चार वर्षे नातिलाई हजुरआमा कुईरी विश्वकर्माले पाल्दै आएकी छिन ।आफु साठी वर्ष पुगेको र श्रीमान पनि १२ वर्ष पहिले गुमाईसकेकी उनी आफु पनि टाउकाको र हातखट्टा दुख्ने बिरामि रहेको बताउछिन ।

हजुरआमा संग भएको बिधुवा भत्ताले दिन धान्न गाह्रो भएकोले, श्री शिव माध्यमीक विध्यालयमा कक्षा ५ मा पढदै गरेकि वर्ष ११ कि सम्झना विश्वकर्माले बिदाको समयमा बालुवा निकालेर ५०० रुपयाँ कमाएकी थिईन ,सोहि रुपयाँले नै एक जोडा जुत्ता र सूरुवाल किनेर बचेको केहि पैसा तरकारी किन्नको लागी हजुरआमालाई दिएको उनी बताउछिन ।कलम,कापी समात्ने रहर हुदाहुदै पनि आफुले चाहेजस्तो गरी विध्यालयमा जान नसकेको उनीहरुको दुखेसो रहेको छ ।घरको काम गर्नुपर्ने र प्रयाप्त पैसा नभएकै कारण स्कुलको ड्रेस सम्म किन्न नसकेकोले कति पटक विध्यालयमा शिक्षक बाट कार्बाहि भोगीसकेको शारदा विश्वकर्मा र सम्झना विश्वकर्मा बताउछन ।बूबा गणेश विश्वकर्मा तिन महिना पहिले इन्डिया गएकोले घरको सम्पुर्ण काम,हजुरआमा साथै ४ वर्षको भाइको हेरचाह दुई दिदीबहिनीले गर्नुपरेको उनीहरुले बताए ।

प्रतिक्रिया दिनुहोस