घोराही १६ मा काँग्रेसका तराबहादुर डाँगी वडा अध्यक्षमा बिजयी

घोराही,१६ मंसीर ।दाङ जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १६ मा नेपाली कांग्रेसका ताराबहादुर डाँगी वडाध्यक्षमा बिजयी भएका छन् ।नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार डाँगीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार सुरेशबहादुर केसीलाई पराजित गर्दै वडाध्यक्षमा विजयी भएका हुन् ।नेपाली कांग्रेसका उम्मेदवार डाँगी १२२२ मत प्राप्त गरी विजयी भएका हुन भने,उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार केसीले १११७ मत प्राप्त गरेका छन् ।नेपाली कांग्रेसका डाँगीले प्रतिष्प्रर्धीलाई एक सय ५ मतले पछि पार्दै वडाध्यक्षमा निर्वाचित भएका हुन् ।वडा नम्बर १६ मा रहेका ४ हजार ४ सय ५३ मतदाता मध्य ३ हजार दुई सय २६ जनाले मतदान गरेका थिए ।जसमध्य ६८ मत बदर भएको थियो । गएको निर्वाचनमा यो वडामा नेकपा एमालेबाट लछिनप्रसाद बुढा बिजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस