सरकारी गाडीको चरम दुरुपयोग, बनभोजबाट फर्कदै गर्दा एक महिला घाइते

दाङ,२१ मंसिर । दाङ जिल्ला स्थित बबई गाउँपालिकाकाको रा १ झ १५० नम्वरको सरकारी गाडी शनिबार पनि मनोमानि प्रयोग गर्ने गरेको पाइएको छ । जनताको हितको लागी काम गर्ने र उनिहरकै करवाट खरिद गरिएको सरकारी गाडी सार्वजनिक विदाको दिनमा समेत गाउँपालिकाका अध्यक्ष भूवनेश्वर पौडेलसहितका जनप्रतिनिधिहरुले बनभोज खान जाने साधनको रुपमा दुरुपयोग गरेको प्रमाण फेला परेको हो ।शनिवार सोही गाउँपालिकाको वडा नं. ५ स्थित पुरन्धारा झरनामा वनभोज खान गाउँपालिकाका अध्यक्ष सहितका जनप्रतिनिधि सरकारी गाडी लगेर गएको पाइएको हो ।

 

वनभोज सकेर फर्किदै गरेको गाउँपालिकाका अध्यक्ष पौडेल सवार गाडीले पैदल यात्री बबई ५ जलुकी निवासी देवीकला भण्डारीलाई ठक्कर दिएको थियो । घाइते भण्डारीको दाहिने खुट्टामा गाडीको टायरले किच्दा तल्लो भागको हड्डी समेत भाचिएको अस्पतालबाट प्रमाणित भएको छ । घाइते भण्डारीको सिटी असप्तालमा उपचार गरी थप उपचारको लागी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

 

भण्डारी घाइते भएपछि उनीसंगै वनभोजमा गएकाहरुले गाउँपालिकाको रा १ झ १५० नम्वरको सरकारी गाडी तोडफोड गरिदिएका छन् । शनिवार बेलुका ४ बजेतिर पैदल हिडिरहेकी भण्डारीलाई गाडीले किचेपछि नजिकै पिकनिकमा खान गएकाहरुले गाडी तोडफोड गरेको प्रत्यक्षदर्सीले बताएका छन् ।

सोही क्रममा हतपत चालकले गाडी भगाउन खोज्दा गाडी फेरि अनियन्त्रित भएर अर्कौ कलभर्टमा ठोक्काएको हुँदा गाडीको अगाडि भागमा केही क्षति पुगेको समेत प्रत्यक्षदर्सीले दाबी गरे ।

त्यसपछि लगतै त्यहाँ दुई गाडी सुरक्षाकर्मी पुगेर गाडी नियन्त्रणमा लिएका थिए । मदिरा सेवन गरेका भनिएका चालक भने फरार भएको र खोजी भइरहेको प्रहरीले बताएको छ ।ईलाका प्रहरी कार्यालय पञ्चकुलेवाट प्रहरी पुगेर गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी विनोद विक्रम शाहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस