बुद्ध नेपालमा जन्मेका हुन् भनेर विश्वाब्यापी प्रचारमा जुटे;गायक धीरज राई

काठमाडौं: लोकप्रिय नेपाली पप गायक धीरज राई बुद्ध नेपालमा जन्मेका हुन् भनेर विश्वाब्यापी प्रचारमा जुटेका छन् । उनले नेपाल सरकारलाई नेपाली पास्पोर्ट र नोटमा बुद्ध को अङ्कित तस्बिर राख्न अनुरोध गरेका छन् ।

गायक राईले बुद्ध नेपाल मै जन्मेका हुन् भनेर विश्वलाई सुसुचित गर्न अहोरात्र लागिपरेका छन् ।

उनले त्रिभुवन युनिभर्सिटी मा अध्ययन गर्दा बुद्धको जन्म भारतमा भएको हो भनी उल्लेख गरिएको पाठ्यक्रमको बिरोध गर्दै उक्त भ्रामक कुरा लाई हटाउन अभियान चलाएका थिए। पछी “बुद्ध वज बर्न इन नेपाल” भन्ने गीतको एल्बम नै निकाले ।

बुद्धको जन्मथलो बारे भारतियहरुले विश्वलाई भ्रम छर्ने गरेको छ। भारतीय टिभी सिरियल “बुद्ध” नामक शो लाई लिएर नेपालमा चर्को बिरोध भएको थियो। भारतीय च्यानल हरु सबैलाई प्रसारणमा रोक नै लगाईएको थियो।

मार्च ३ तारिक २०१८ मा टुडिखेलमा बिशाल जनमानसले बुद्ध बचन धम्पद एकैसाथ बाचन गरेर विश्व किर्तिमानी राख्ने प्रयास पनि गरिएको थियो। जसको नेत्रित्व धीरज राई लगायतले नै गरेका थिए।

प्रतिक्रिया दिनुहोस