बिद्यालय जाँदै गरेकी बालिकालाई ट्रकले किचे पछि कोहालपुर तनाबग्रस्त

कोहालपुर,२२ मंसिर ।आइतबार बिहान विद्यालय जाँदै गरेकी छात्रालाई ट्रकले किचेपछि कोहलपुर तनावग्रस्त बनेको छ ।

घटनापछि आक्रोशित विद्यार्थी तथा अभिभावकहरूले ट्रक जलाइदिएका थिए ।ट्रक जलाए लगतै प्रहरी र स्कुले विद्यार्थीबीचको झडप पछि कोहलपुर रणभूमिमा परिणत भएको छ ।

स्कुले विद्यार्थीको प्रदर्शनलाई दवाउन ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । दुई दर्जन बढी हवाई फायर समेत गरिएको छ ।

कोहलपुर प्रहरीले चलाएको रबरको गोली लागेर एक विद्यार्थी घाइते भएका छन् ।

भिडलाई नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन बढी हवाई फायर गरेको प्रदर्शनकारीले बताएका छन् ।

प्रदर्शनका क्रममा एक दर्जन विद्यार्थी घाइते भएका छन् भने दर्जन बढ़ी प्रहरी समेत घाइते भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

कोहलपुर नगरपालिका वडा नम्बर १० मा रहेको त्रिभुवन माविमा अध्ययनरत छात्रा प्रकृति चन्दलाई आइतबार बिहान कोहलपुरबाट नेपालगञ्ज जाँदै गरेको ना २ ख ९४५९ नम्बरको ट्रकले किचेको थियो ।

आन्दोलित विद्यार्थीले घाइतेको उपचार, दोषीलाई कारबाही र क्षतिपूर्तिको माग राखेर ईलाका प्रहरी कार्यालय कोहलपुर घेराउ पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस