पत्रकारिता तालिमको उद्घटान

मंसिर ,२९ सल्यान । पत्रकारहरको क्षमता अभिबृद्वि तालिम सल्यानको खलंगामा उद्घटान गरिएको छ ।सुचना तथा प्रशारण विभाग काठमाडौं र नेपाल पत्रकार महासंघ सल्यान शाखाको आयोजनामा सुरु हुन लागेको कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यता रहेको थियो।शनिबार,आइतबार र सोमबार गरी ३ दिन सम्म संचलान हुने उक्त तालिममा सल्यान जिल्लामा क्रियाशील
विभिन्न मिडियामा कार्यरत नयाँ तथा पुराना पत्रकार गरि करिब ३० जनाको सहभागिता रहेको थियो ।

उद्घाटन् कार्यक्रममा बोल्दै मन्त्री ज्वालाले पत्रकारले सबै कुराको ज्ञान राख्नुपर्ने र यस्ताखालका तालिमले दुर्गम जिल्लाका पत्रकारहरुलाई राहत हुने भएकाले कर्णाली प्रदेशले पत्रकारको हक हितका लागि विभिन्न कार्यक्रमहरु समेत ल्याइसकेको ज्वालाले बताए ।

विजय मिश्र, निराराज भण्डारी लगाएतका प्रशिक्षक रहेको कार्यक्रमको अवसरमा सल्यान जिल्ला संगै आसपासका जिल्लाबाट संचालित मिडियाहरुको नविकरण र नयाँ दर्ता साथै प्रेस पास कार्ड वितरण र नविकरण पनि सल्यान खलंगाबाट गरिने सुचना तथा प्रशारण विभागका निर्देशक धुर्व कुमार पोखरेलले जनकारी दिए ।
नेपाल पत्रकार महासंघ सल्यान शाखाका अध्यक्ष प्रतिक इच्छुक शर्माको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सहसचिव शिव डाँगीले गरेका हुन ।

प्रतिक्रिया दिनुहोस