३२०० बिद्यार्थीहरुलाई जापानीज झोला बितरण

सल्यान,२९ मंसिर ।सल्यानमा एक कार्यक्रमका बिच झोला बितरण गरिएको छ ।जापनमा बस्ने नेपालीहरुको संस्था यू मि नेपाल जापानको सहयोग र नेपालमा रहेको रूपान्तरण नेपालको सहकार्यमा जापानीज झोला शनिबार सल्यान जिल्लाको शारदा नागरपालिकाका ५७ बिद्यालाका कक्षा ४ देखि कक्षा ८ सम्मका ३२०० बिद्यार्थीहरुलाई उपहार स्वरूप बितरण गरिएको हो।

कर्णाली पर्देशका १९६ बिद्यालाका १४९९२ बिद्यार्थीहरुलाई जापानीज झोला बितरण गर्न लागिएको रूपान्तरण नेपालका अध्यक्ष मोहन शाहीले डेली न्यूज़ बैंकलाई जानकारी दिएका हुन ।

कर्णालीका प्रदेशको कालीकोटकोटको प्लाट गाउँपालिका,दैलेखको चामुण्डा नगरपालिका,जाजरकोटको भेरिनगरपालिका र सल्यानको शारदा नागरपालिकामा जापानीज झोला उपहार स्वरूप बितरण गरिएको हो ।कर्णाली प्रदेशका स्थिनिय मामिला मन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यता रहेको कार्यक्रमा प्रमुख जिल्ला अधिकारी चुण्डाराज न्यूपाने,नगरप्रमुख सुरेश अधिकारी लगायतकाले आफ्नो मन्तव्य राखेका हुन ।रूपान्तरण नेपालका अध्यक्ष मोहन शाही सभापति रहको कार्यक्रमको संचलान शारदा नागरपालिकाका शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख लीलाधर बाबाले गरेका हून ।

फोटो फीचर.

प्रतिक्रिया दिनुहोस