सार्वजनिक मालिका कालिकाकाे आजबाट दैनिक रुपमा दाङ–काठमाण्डौँ भाडा बस सुचारू

दाङ ,२८ मंसिर । सार्वजनिक मालिका कालिका यातायात प्रा.लिले आज बाट दैनिक रुपमा दाङ देखि काठमाण्डौँ भाडा बस सञ्चालनमा ल्याउने भएको छ । सार्वजनिक मालिका कालिका यातायात प्रा.लिले तुलसीपुर बसपार्क स्थित  बेलुका ६ः०० बजेको समयमा एक कार्यक्रम बिच ना६ख ७११५ नम्बरको सुबिधासम्पन्न डिल्कस बसका चालक, सहचालक र यात्रुहरुलाई दोसल्ला ओढाई सुरक्षित यात्रा सहितको शुभकामना संगै दाङ– काठमाण्डौँ चल्ने सार्वजनिक भाडा बसको उद्घघाटन गरेको छ ।
सार्वजनिक मालिका कालिका यातायात प्रा.लिले यसअघि तुलसीपुर क्षेत्रमा रहेका करिब चार सय बढी तिन पाङग्रे अटो ब्यवस्थित तरिकाले संञ्चालन गर्दै आएको थियो ।
अब केहि दिनमा देशका बिभिन्न जिल्लाहरुमा मात्र नभई भारतको दिल्ली र सिम्लासम्म सार्वजनिक भाडाका गाडीहरु सञ्चालनको तयारीमा रहेको सार्वजनिक मालिका कालिका यातायात प्रा.लिका अध्यक्ष दिलिप बि.कले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस