गाउँपालिकाद्वारा घरदैलोमै स्वास्थय उपचार

सल्यान,४ पौष ।कपुरकोट गाउँपालिकाले हरेक चौमासिकमा घरदैलोमै निःशुल्क स्वास्थ्य चेकजाँच तथा उपचार गर्ने गरेको छ । गाउँपालिकाको नीति अनुसार ७० वर्ष भन्दा माथीका जेष्ठ नागरिकहरुलाई सम्बन्धित वडा तथा घरदैलोमै गएर चेकजाँच र निःशुल्क औषधि वितरणको ब्यवस्था मिलाईएको स्वास्थ्य शाखाका संयोजक अरुण दाहालले जानकारि दिनुभयो ।
जेष्ठ नागरिकको स्वास्थ्य प्रति गाउँपालिका सम्बेदनशील भएकोले हरेक चौमासिकमा सामाजिक सुरक्षा भत्ता वितरणको मौका पारेर यस्तो ब्यवस्था गरिएको दाहालले जानकारी दिनुभयो ।
जसका कारण जेष्ठ नागरिकहरु खुसी समेत भएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस