भारतसँग सीमा जोडिएकाे कञ्चनपुर सीमामा ६ सुरक्षा पोस्ट थपिदै

कञ्चनपुर,०४ पुस। भारतसँग सीमा जोडिएकाे कञ्चनपुर सीमामा ६ सुरक्षा पोस्ट थपिने भएका छन । कञ्चनपुरको सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बल ३५ नम्बर गण झलारीका गणपति सशस्त्र प्रहरी उपरीक्षक बीर बहादुर साहुले बेलडाँडी, बेलौरी, बेलौरी र महाकाली नगरपालिका क्षेत्रमा सिमा सुरक्षा पोस्ट स्थापनाका लागि पहल गरिएको बताए ।

पश्चिम क्षेत्रमा भने सिमा सुरक्षा पोस्ट ज्यादै पातलो रहेको मुख्यालयले जनाउदै अाएकाे  छ। कञ्चनपुरको प्यारातालका बासिन्दा भारतीय सीमा सुरक्षा फोर्स एस‍.एस.बीकै कारण तनावमा हुन्छन्। सशस्त्र प्रहरीले जिल्ला सुरक्षा समिति कञ्चनपुरको बैठकले छनौट गरेका चार स्थानीय तहका ६ स्थानमा सिमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलका सिमा सुरक्षा पोस्ट राख्न सिफारिस गरिएको हो।

कञ्चनपुरमा भारतसँग सिमा जोडिएका पूर्वी दक्षिण, दक्षिण र पश्चिम क्षेत्रका ६ विभिन्न स्थानमा सिमा सुरक्षा पोस्ट राख्न गृह मन्त्रालय एवं सशस्त्र प्रहरी बल हेडक्वाटरमा सिफारिस गरिएको सशस्त्र प्रहरीले जनाएको छ।  सीमा अतिक्रमण र तस्करी नियन्त्रणका लागि सिमा सुरक्षा पोस्ट थप्ने निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस