आकाशीयो प्याजको मुल्य, प्रतिकिलो रु२०० नाध्यो

तुलसीपुर, ५ पुष । प्राय सबै थरीका परिकारमा प्रयोग हुने गरेको प्याज आजभोली धेरैले प्रयोग गर्न छाडेका छन कारण प्याजको मुल्यबृद्घी । स्थानिय बजारमा दिन प्रति दिन प्याजको मुल्य बढ्दै गएपछि प्याजको खरिद र बिक्रीमा समेत गिरावट आएको छ ।
बजारका कतिपय तरकारी ब्यापारीहरुले पसलमा प्याज नै राख्न छोडेका छन भने राखेपनि थोरै मात्रमा राख्ने गरेका छन ।
स्थानिय बजारमा अहिले प्याज मुल्य रु२००।– सम्ममा बिक्री भैरहेको ब्यापारीहरु बताउछन । यो अहिले सम्मकै सबैभन्दा उच्च दर हो ।
भारतबाट आयात हुने गरेको प्याज खरिद गर्दा नै महंगो पर्न गएकाले दिन प्रति दिन प्याजको मुल्यमा बृद्घी भईरहेको तुलसीपुर सब्जीमण्डीका एक तरकारी ब्यापारीले बताए ।
नेपाल कृषी प्रदान देश भएपनि समय समयमा यस्ता समस्या आईपर्ने हुदा यतिबेला यसबाट पाठ सिक्न जरुरी छ । हामी प्याजमा मात्र नभई सबै प्रकारका तरकारीमा आत्मनिर्भर हुन पर्दछ ता कि यि यस्ता समस्या  पटक पटक भोग्न नपरोस ।

प्रतिक्रिया दिनुहोस