चितवन राइनोज दोस्रो संस्करण (पीपीएल) को फाइनल नजिक

पोखरा,६ पौष । लगातार चौथो जित निकाल्दै चितवन राइनोज दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) को फाइनल नजिक पुगेको छ । आइतबारको खेमला चितवनले विराटनगर टाइटान्सलाई १८ रनले पराजित गर्दै फाइनल नजिक पुगेको हो ।

प्रतियोगिताको चार खेल खेलेको चितवन ८ अंकसहित तालिकाको शीर्षस्थानमा छ । समान चार खेल खेलेको काठमाडौं ४ अंकसहित तालिकाको दोस्रो स्थानमा छ भने तीन खेल खेलेको बुटवल ४ अंकसहित तालिकाको तेस्रो स्थानमा छ ।

बमबमबम
पोखरा रंगशालामा भएको खेलमा चितवनले दिएको १४७ रनको लक्ष्य पछ्याएको विराटनगरले १९ ओभरमा अल आउट हुँदै मात्र १२८ रन बनायो । विराटनगरका लागि लोकेस बमले अर्धशतकीय पारी खेले । ३६ बल खेलका उनले ५ चौका र ५ छक्काको सहयोगमा ६२ रन बनाएका हुन् ।

त्यस्तै पुनित मेहेराले २४ रन बनाउँदा नोमन खानले १८ रनको योगदान गरे । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १४६ रन बनाएको थियो । चितवनका लागि अन्तिम समयमा आरिफ सेखले नटआउट ३९ रनको योगदान गरे । २२ बल खेलेका उनले ३ चौका र ३ छक्काको सहयोगमा ३९ रन बनाए । त्यस्तै सन्नी पटेलले २७ रन बनाए । ८ बल खेलेका उनले १ चौका र ३ छक्काको सहयोगमा रन बनाएका हुन् ।

चितवनले तेस्रो ओभरको पाँचौ बलमा पहिलो विकेट गुमाएको थियो । चितवनका रोहन मुस्तफा ७ रन बनाएर क्याच आउट भए । जितेन्द्र मुखियाले क्याच आउट गराएका हुन् । ११ ओभरको पाँचौ बलमा चितवनका कप्तान पारस खड्का ३५ रन बनाएर आउट भए ।

उनी मोहमद जाहिद आलमको बलमा नोमन खानको हातबाट क्याच आउट भएका हुन् । पुनित मेहेराले विराटनगरका लागि १४ ओभरको अन्तिम बलमा चौथो तेस्रो विकेट लिए । उनले अनिल शाहलाई ३ रनमा बोल्ड आउट गराए ।

१७ ओभरको दोस्रो बलमा बाबर हायात २५ रन बनाएर आउट भएका हुन् । उनलाई किशोर महत्वले क्याच आउट गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस