कैलालीमा लुटपाटमा संलग्न रहेका ६ जना पक्राउ

कैलाली,०७ पुस। कैलालीमा लुटपाटमा संलग्न रहेका ६ जनालाइ जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरी सार्वजिनक गरेकाे छ ।  पुस ०६ गते अाइतवार राती अन्दाजी १०:३० बजेको समयमा जिल्ला कैलाली गोदावरी नगरपालिका वडा न. १० बस्ने बर्ष ४५ को सुमित भट्ट बा.१८ च ९६४३ नम्बरको  गाडीमा धनगढीबाट अत्तरिया तर्फ गई राखेको अबस्थामा जिल्ला कैलाली धनगढी उप महानगरपालिका वडा नं. ४ बोराडांडी स्थित केही व्यक्तिहरुले गाडी रोकी हातमा बोकेको फलामको रड र डण्डाले गाडीमा प्रहार गर्दै सुमित भट्टको साथमा रहेको सामसुङ ग्यालेक्सी मोबाईल लुटपाट तथा गाडी समेत तोडफोड गरी क्षेति पुर्याएको भन्ने खवर प्राप्त हुना साथ जिल्ला प्रहरी कार्यालय कैलाली बाट खटिईएको प्रहरी टोलीले विभिन्न स्थानबाट लुटपाटमा  संलग्न रहेका ६ जनालाई पक्राउ गरेकाे छ।

पक्राउ पर्नेमा जि. कन्चनपुर भि न पा वडा १४ पलिया बस्ने बर्ष १८ को अजय भण्डारी , जि. कन्चनपुर भि न पा वडा ३ बस्ने बर्ष २१ गौरब चन्द , जिल्ला कन्चनपुर भि न पा ४ बस्ने बर्ष २५ को चिरन बम, ऐ कृष्णपुर न पा १ बस्ने बर्ष १९ को नरेन्द्र साउँद, जि. कन्चनपुर कृष्णपुर न पा २ घर भई जि. कैलाली ध उ म न पा वडा नम्बर ३ बस्ने बर्ष २० को प्रदिप ऐर,जि. दार्चुला मार्मा गा पा २ घर भई जि कै ध उ म न पा २ बस्ने बर्ष १८ को पारस सिंह रहेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ।

पक्राउ परेका ६ जनालाइ डाँका चोरी अन्तर्गत मुद्दा दर्ता गरी सम्मानित कैलाली जिल्ला अदालतबाट म्यादथप लिई अनुसन्धान भई रहेको र निजहरुले कन्चनपुर लगाएत अन्य स्थानमा समेत लुटपाट, चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको हुदा थप अनुसन्धान पनि भई रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ  ।

प्रतिक्रिया दिनुहोस