तुलसीपुरमा यातायातका प्रा.लिहरु बिच थपियो राप्ती जनता यातायात सेवा प्रा.लि

तुलसीपुर,०७ पुस। तुलसीपुर क्षेत्रबाट देशका बिभिन्न जिल्लाहरुमा सार्वजनिक भाडाका गाडीहरु संञ्चालन गर्ने उद्देश्यका साथ दाङमा राप्ती जनता यातायात सेवा प्रा.लि थपियको छ ।
प्रा.लिको अध्यक्षमा डिल बहादुर वली, बरिष्ठ उपाध्यक्षमा ईन्द्र बहादुर डाँगी, उपाध्यक्षमा भुपेन्द्र डाँगी, उपाध्यक्षमा भखन चौधरी, सचिवमा गणेश डाँगी, सह–सचिवमा मिलन वली, कोषाध्यक्षमा लोकेन्द्र राज वली, सह–कोषाध्यक्षमा लिलाधर डाँगी, र सदस्यहरुमा बलबिर बुढाथोकि,सबिन लामिछाने, मान बहादुर खड्का, टिकाराम वली र चुणी बहादुर खड्का रहेका छन ।
त्यस्तै कार्यालय प्रमुखमा मन्जित के.शी र प्रशासनिक ईन्चार्जमा श्रीधर घर्ती मगर चयन भएका छन ।
राप्ती जनता यातायात प्रा.लिको प्रधान कार्यालय तुलसीपुरमा रहने छ भने राजधानी लगाएत देशका बिभिन्न मुख्य सहरहरुमा यातायात सेवा दिने अध्यक्षमा डिल बहादुर वलीले जानकारी दिनुभयो ।
राप्ती जनता यातायात सेवा प्रा.लिको आजबाट दैनिक रुपमा दाङ–काठमाण्डौ सुबिधा सम्पन्न सार्वजिनक भाडाका बसहरू समेत संञ्चालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस