क्रिष्मसको अवशरमा खेलकुद सामग्री बितरण

सल्यान,८ पौष ।क्रिश्मसको अवशरमा बिबिध कार्यक्रम संचलान भैरहेका छन ।यसैबीचमा क्रिष्मसको अवशरमा सोमबार सल्यानमा रहेको एफ. जी.टी. मण्डलिले पनि एक कार्यक्रम गरी क्रिश्मस विशेष मनाएको छ।जीजस क्राइस्टको जन्मदिन पौष ९ गते भएपनि केहि दिन अगाडीबाट बिशेष कार्यक्रम मनाइने उनिहरुले बताए ।क्रिष्मसको अवशरमा सल्यान जिल्ला शारदा नागरपालिका १२ मा रहेको श्री शिव माध्यमिक बिद्यालयमा खेलकुदका सामग्री बितरण गरेका हुन।कार्यक्रममा ब्याडमिनटन सेट,भलिबल नेट लगायत शिक्षकहरुलाई कलम र सानो हैण्ड ब्याग उपहार प्रदान गरेका हुन।साथै उक्त अवशरमा शुभकामना आदानप्रदान गरीनुकासाथै बिद्यार्थीहरुलाई कार्ड तथा चक्लेट बितरण गरिएको हो ।एफ. जी.टी. मण्डलिका पास्चर शिलास ताम्राकारको अध्यक्षता रहेको कार्यक्रममा बिद्यालका सहायक प्र.अ.मानबहादुर बुढाथोकीको प्रमुख आतित्यथा रहेको थियो । बिभिन्न नृत्य,गीत एव नाटक प्रस्तुत गरिएको कार्यक्रममको संचलान बुद्धि थापाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस