सहयाेग स्वरुप आर्थिक रकम संकल्न गरी हस्तानतरण

दाङ, १४ पुस । सामाजिक कार्यमा अग्रसर तुलसीपुरका युवा चन्द्र ओली(फौजी)को अध्यक्षतामा आर्थिक सहयोग संकल्न कार्यक्रम सम्पन्न भएको छ । तुलसीपुर क्षेत्रमा बजरंगी चटपटे पसल राखेर ब्यापार गरीरहेका गणेश जैशपालकी २०बर्षीय छोरी निशा जैशपालको बिगत लामो समय देखि पेटको समस्याले गर्दा बिर अस्पताल काठमाण्डौमा उपचार भैरहेको छ ।
सोमबार आर्थिक सहयोग बाट उठेको रु२४,३००।– चन्द्र वली(फौजी)ले आफनै हातबाट गणेश जैशपाललाई हस्तानतरण गरेका हुन । तुलसीपुरमा रहेका बिभिन्न यातायात प्रा.लिहरु संग सम्वन्य गरी आर्थिक सहयोग रकम संकल्न गरेको उनले बताए ।
यसरी पिडामा रहेको मानिसलाई थोरै भएपनि सहयोग गर्न पाउदा निकै खुशी लागेको कुरा पनि ब्यक्त गर्दै मानव जातीमा रहेको मानवता कसैले पनि भुल्न नहुने कुरामा जोड दिएका छन ।

प्रतिक्रिया दिनुहोस