ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

दाङ, १६ पुस । दाङको बबई गा.पा–२ मा गए राती ट्याक्टर दुर्घटनामा परी चालकको मृत्यु भएको छ । जिल्ला दाङ बबई गा.पा–०५ गउपाली घर भएका बर्ष २४का ट्याक्टर चालक खुम बहादुर बुढाथोकीको घटनास्थलमै मृत्यु भएको हो ।
गए राती ८ः३० बजेको समयमा खोलाबाट ढुङ्गा बाकेर जादै गर्दा रा१त ३२५७ नम्बरको ट्याक्टर दुर्घटना भएको हो । ट्याक्टरमा दुर्घटनामा परी टोप बहादुर खत्री, भेस बहादुर भारती समेत घाईते भएका छन । टोप बहादुर खत्रीको राप्ती प्रादेशिक अस्पतालमा उपचार पश्चात थप उपचारका लागी कोहलपुर रेफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस