मोटरसाईकल दुर्घटना परी एक महिलाको मृत्यु

दाङ,पुस १८ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ कटाँहा माइती घर भएकी २४ बर्षीया पवित्रा डाँगीको मोटरसाईकल दुर्घटना परी मृत्यु भएको छ । पवित्रा हाल तुलसीपुर ६ बरुवा गाउँमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन ।

विहीवार बेलुका सवा ८ बजेतिर घोराहीवाट  तुलसीपुर तर्फ आउँदै गरेको रा ५ प ८४२ नम्वरको मोटरसाईकल तुलसीपुरको बेलझुन्डिमा दुर्घटना हुँदा डाँगी गम्भीर घाइते भएकी थिइन । उनको उपचारको क्रममा राप्ती लाईभ केयर हस्पिटल तुलसीपुरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरिक्षक डम्मरबहादुर पालका जानकारी दिए ।

स्रोतका अनुसार मृतक पवित्राका पति विदेशमा रहेको खुल्न आएको छ । मोटरसाईकल चालक तुलसीपुर ९ बेलुवा निवासी ४८ बर्षीय  कुलबहादुर डाँगी सामान्ने घाइते भएका छन् । डाँगीलाईअनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ। मृतकको शव पोष्ट मार्टमको लागि राप्ती प्रादेशिकअस्पताल तुलसीपुरको शव गृहमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस