मुख्यमन्त्री पोख्रेलद्घारा यस आर्थिक बर्षका योजनाहरु जेठ भित्रै सक्न निर्देशन

तुलसीपुर,१८ पुस । तुलसीपुर उपमहानगरपालिकाले शुक्रवार उपमहानगरपालिका सभाहलमा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ। दाङ जिल्लामा सञ्चालित संघिय, प्रदेश र स्थानिय तह अन्र्तगत स्वीकृत योजना तथा कार्यक्रमहरुको कार्यान्वयन तथा प्रगती अवस्था, चुनौती समस्या र समाधान बिषयय अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा प्रदेश नं.५ का माननिय मुख्यमन्त्री शंकर पोख्रेल, प्रदेश कमिटीका सदस्यहरु, स्थानिय तहका जनप्रतिनिधीहरु, विषयगत सरकारी कार्यालय प्रमुखहरु ,सुरक्षा निकायका प्रमुखहरु लगाएत पत्रकारहरुको सहभागिता रहको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोख्रेलले जेठ समान्तमै सबै काम सक्ने गरी सकृय बन्न सरोकारवाला सबैलाई निर्देशन दिएका छन ।
मुख्यमन्त्री पोख्रेलले थुप्रै मसान्तहरु सकिदा थाहा नपाउने तर असार मसान्तमा हतार गर्ने प्रबृत्तीलाई बेलैमा सोच्न निर्देशन दिए । समयमै गुणस्तरीय काम गर्ने तर्फ बिषेश ध्यान दिएर अघि बढ्न आग्रह गर्दै मुख्यमन्त्री पोख्रेलले विनियोजित र प्रदेश, संघबाट आएको बजेटलाई फिर्ता नहुने गरी बिकाशका काममा सदुपयोग गर्न समेत सुझाब दिएका छन ।

प्रतिक्रिया दिनुहोस