बसपार्क टर्मिनल भवनको उद्घाटन कार्यक्रम सम्पन्न

तुलसीपुर,१८ पुस। तुलसीपुरमा रहेको नवनिर्मित बसपार्कको टर्मिनलको भवनको समुद्घघाटन कार्यक्रम सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिका के.एफ.डब्लु मार्फत जर्मन सरकारको अनुदान सहयोग नेपाल सरकार शहरी बिकाश मन्त्रालयको अनुदान र नगर बिकाश कोषको सरल त्रृmणको संयुक्त लगानीमा आधुनिक बसपार्क निर्माण गरिएको हो ।
आधुनिक बसपार्कको उद्घघाटन प्रदेश नं. ५का माननिय मुख्यमन्त्री संकर पोख्रेलले गर्नुभएको थियो । बसपार्क त्रृmण लिएर निर्माण गरेको हुदा उपमहानगरपालिकाले आमदानी तर्फ पनि ध्यान दिनुपर्ने मुख्यमन्त्री पोख्रेलले बताएका छन । आधुनिक बसपार्कको निर्माण भएसंगै अब यातायात क्षेत्रमा पनि नयाँपन आउनुपर्ने यात्रुहरुका लागी सरल र सहज वातावरण सिर्जना गर्नुपर्ने साथै यात्रुहरुले झुण्डीयर यात्रा गर्नुपर्ने , टिकट नपाउने र यात्रुहरु तानातान गर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।
२०७४ साल बैसाख महिनामा आधुनिक बसपार्क निर्माणका लागी बोलपत्र मार्फत प्रक्रिया अगाडी बढाएको थियो । जहाँ ५४वटा व्यवसायिक टहरा,प्रशासनिक भवन, टिकट काउन्टर भवन, यात्रु प्रतिक्षालय,शौचालय, पक्की सडक ,रेष्टुरेन्ट लगाएतका संरचना निर्माण गरिएको छ । करिब १०करोड ५०लाखको लगानीमा उक्त आधुनिक बसपार्कको निर्माण गरिएको हो ।

प्रतिक्रिया दिनुहोस