सवारी साधनको तिब्र गति कम गर्न बाटोमा जिकज्याक ड्रमहरु राखिदै

तुलसीपुर,१८ पुस। ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले तिब्र गतिमा चलाउने सवारी साधनको गति कम गर्न बाटोमा जिकज्याक ड्रमहरु राख्न थालेको छ । दिन प्रति दिन बढ्दै गईरहेको सवारी साधन दुर्घटना न्युनिकरण गर्ने उद्देश्यका साथ उक्त जिकज्याक ड्रमहरु आज दाङ–सल्यान सडकखण्डको रक्षाचौर स्थित राखिएको छ ।
तिब्र गतिका कारण हुनसक्ने सवारी दुर्घटनालाई मध्यनगर गर्दै बढी दुर्घटना ग्रस्त क्षेत्रहरुको चयन गरी यस कार्यको थालनी गरेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्र.ना.नि नन्द कुमार पोखे्रले जानकारी दिनुभयो । यसबाट केही हदसम्म भएपनि सवारी दुर्घटना न्युनिकरणमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।
आगामी दिनहरुमा तुलसीपुर क्षेत्रमा बढी दुर्घटना ग्रस्त क्षेत्रहरुका चयन गरी जिकज्याक ड्रमहरु राख्ने योजना समेत रहेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस