शिवसेना नेपालले पृथ्वीनारायण शाहको २९८औँ जन्म जयन्ती भब्य रुपमा मनाउने

तुलसीपुर,१९ पुस। शिबसेना नेपाल कार्यसमिती दाङले पुस २७गते पृथ्वीनारायण शाहको २९८ औँ जन्मजयन्ती भव्य रुपले मनाउने भएको छ । शनिवार वेसटेन पार्टी प्यालेस तुलसीपुरमा पत्रकार सम्मेलन गरी उक्त कुराको जानकारी दिईएको हो।

नेपालाई एकिकरण गर्न पृथ्वीनारायण शाहको ठुलो योगदान रहेको हुदा उहाँको सम्झनामा शिबसेना नेपालले बिगत केही बर्ष यता पृथ्वीनारायण शाहको जन्मजयन्ती बिभिन्न कार्यक्रमको आयोजना गरी मनाउदै आएको छ ।
पुुस २७गते बिहान ११बजे त्रिशिदेश्वरी मन्दिमा कार्यक्रम गर्ने र त्यहाँ बाट र्याली सुरु गरी मदनआर्षित चोक हुदै र्याली दिउसो १ः०० बजे बिरेन्द्र चोकमा कोण सभामा परिणत गर्ने कार्यक्रम रहेको शिवसेना नेपाल कार्यसमिती दाङले जानकारी दिएको छ ।

शिवसेना नेपाल कार्यसमिती दाङका अध्यक्ष देबिराम भण्डारीले सबै राष्ट्रप्रेमी, राजनितिक दलहरु, समाजसेवी, ब्यवसायीहरु , पत्रकारहरुको लगाएतलाई उपश्थितीका लागि आहवान समेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस