दाङमा विप्लव नेतृत्वका जिल्ला सदस्य अर्जुन शाही पक्राउ

दाङ,२० पुस।  विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृसंगठन युवा संघ नेपालका जिल्ला सदस्यलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर–५ रानीजरुवा निबासी अर्जुन शाही रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय घोराहीबाट खटेको प्रहरी टोलीले शान्तिनगर गाउँपालिका–४ भलानेटीमा क्यारमबोर्ड खेलिरहेको अवस्थामा  पक्राउ गरेको हो ।

पक्राउ परेका शाहीमाथि पश्चिम दाङमा एनसिएल टावरमा आगजनी र २०७४ मंसिर १२ गते तुलसीपुरमा म्यादी प्रहरी विनोद चौधरीको ज्यान जानेगरी भएको भएको बम विस्फोटको आरोपमा मुद्दा दर्ता भएको प्रहरीले बताएकाे  छ ।

प्रतिक्रिया दिनुहोस