आफ्नै जग्गामा घर बनाउन नपाउदाको पिडा

घोराही,२२ पुस । दाङको घोराही उपमहानगरपालीका,४ लक्ष्मीपुरका स्थानीय दामोदर आचार्यले आफ्नै जग्गामा घर निर्माण गर्दै गर्दा सो निर्माण कार्य रोक्का गरीएको छ । सोही वडाको नक्सा सिट ९क कित्ता नम्बर १२१८ को जग्गा दामोदर आचार्यको नाममा दर्ता रहेको र सो जग्गाको सम्पुर्ण राजस्व समेत बुझाईएको छ । पुर्ब जग्गा धनी युबराज आचार्यबाट २०७३ मंसिर २१ गते किनेको जग्गामा अहिले सम्म दामोदरले भोकचलन गर्दै आएका छन । तर सो जग्गामा अहिले घर निर्माण गर्नै लाग्दा पुर्व जग्गा धनी युबराजद्धारा घर निर्माण कार्य रोकी मिचिएको जग्गा खिचौला मेटाई पाउँ भनी दाङ घोराही उपमहानगरपालीका न्यायिक समितीमा ०७६ असार १२ गते लिखित निबेदन पेश गरेका थिए।

त्यस लगतै नाप जाँच गरी प्रतिबेदन पेस गर्ने सम्बन्धमा ०७६ असोज १२ गते नगर कार्यपालीकाको कार्यालयमा निबेदन परेको थियो । सोही उजुरीको आधारमा वादी युबराज आचार्य र प्रतिवादी दामोदर आचार्य सहितको जग्गा बिबादको बिषयमा वादी र प्रतिवादीलाई छलफलमा राखीएको थियो । उक्त छलफल पछि जग्गा नापजाँचको लागी नगरपालीकाबाट खटाएको अमिनले नापजाँच पश्चात उक्त नापजाँच तोकिए बामोजिम रहेको भनी चारै किल्लाका संघियार मिलापत्र गर्न मञ्जुर सहितको मिलापत्र गरी समस्याको टुङगो लगाईएको हो ।सो मिलापत्रमा वादी प्रतिवादी सहित सदस्यहरु पबित्रा बि.क , सशीराम खनाल र संयोजक सिता सिग्देल न्यौपाने लगायतका रहएका थिए ।

झण्डै तीन महीना पछि युबराजकी छोरी लक्ष्मी आचार्यले दामोदर आचार्य र कुन्तु प्रसाद आचार्यलाई प्रतिवादी बनाई घोराही उपमहानगरपालीका न्यायिक समितीमा घर निर्माण कार्य रोक्का गरी पाउँ भनीएको निबेदन पेश भएको छ । त्यस्तै दाङ देउखुरी जिल्ला अदालतमा युबराजका नाबालक वर्ष ७ का उज्वल आचार्यको हकमा संरक्षक तथा वर्ष २१ का दिलिप आचार्यको वारेस भई आफ्नो हकमा युबराज आचार्यको पत्नी वर्ष ४० की उमा आचार्य र छोरी २३ वर्षकी लक्ष्मी आचार्यहरु वादी र जिबराज आचार्यको छोरा घोराही उपमहानगरपालीका ४ लक्ष्मीपुर बस्ने वर्ष ६३ का दामोदर आचार्य र सालीकराम आचार्यका छोरा वर्ष ४४का युबराज आचार्यलाई प्रतिवादी बनाएको फिराद पत्र रहेको छ । यस्ले गर्दा निर्माण गर्न लागेको घरको काम रोकीनुका साथै निमार्ण कार्य असहज हुदै गएको र आफ्नो अधीकार माथी हनन भएको जग्गा धनी दामोदरले बताएका छन । साथै निजले पत्रकार सम्मेलन गरी यो समस्याको समाधान छीटै गर्न सरोकारवाला निकायलाई अनुरोध समेत गरेका छन ।

प्रतिक्रिया दिनुहोस