हिउदे वर्षाका कारण जनजीवन प्रभावित,भोलिदेखि मौसम्मा सुधार आउने

सल्यान,२४ पौष ।झण्डै एक हप्ता देखि निरन्तर परेको पानीले जनजीवन प्रभावित बनेको छ ।पष्चिमी वायुको कारण हिउदे वर्षा यो वर्ष सक्रिय भएको हो ।वर्षाका कारण उच्च हिमाली तथा पहाडी क्षेत्रमा ब्यापक पानी तथा हिम्पात परेको छ भने तराई लगायतका क्षेत्रमा अत्याधिक पानी परेको छ ।रुकुम,रोल्पा,सल्यान,दैलेख,हुम्ला,डोल्पा,मुग लगायतका उच्च क्षेत्रमा ब्यापक हिम्पात पर्दा सर्वसाधारण र बिद्यार्थीको पठन-पाठनमा बाधा पुगेको छ ।

 

किशानहरुका पसुचुपायलाई दैनिक खानपान र जाडोका कारण कठाङ्ग्रिने अवस्थामा पुगेका हुन ।हिउदे वर्षाका कारण हिउदे वर्षाले कृषकको बालिनालि सप्रिने भएपनि कृषकले लगाएको तोरी खेत तथा बारिमा उम्रिसकेको छ ।जस्ले गर्दा किसानहरु चिन्तामा परेका छन ।

हिउदे वर्षाकाकारण बिशेषगरी बालबालिका तथा बृध्बृद्धाले सास्थी खेप्नु परेको हो ।चिसोका कारण रुघाखोकी,निमोनिया,झडापखाला,आऊँ जस्ता संक्रमनले जनजीवन थप कस्टकर बनेको हो ।वर्षा अझै एक दुई दिन लम्बिन सक्ने र सल्यानमा भने बिहीबार राती सम्म पानी पर्ने र मध्यरात बाट बादल फाट्दै जाने र शुक्रबार बाट मौसम्मा सुधार आउने मौसम पूर्वानुमान महासाखाले डेली न्यूज़ बैंकलाइ जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस