यत्रुबहाक सवारी अनियन्त्रित भई दुर्घटना हुदा १८ यात्रु घाइते

 

सल्यान,२४ पौष ।जिल्लाको पश्चिम क्षेत्रमा पर्ने बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ११ बालुवासंग्रहीमा फोर्स गाडी दुर्घटना भएको हो । सुर्खेतबाट जाजरकोटका लागि छुटेको भे १ ख २५७३ नम्बरको काँक्रेविहार यातायातको गाडी आज बिहान साँढे ८ बजे तीर दुर्घटना हुदा ५ जना गंभीर घाइते भएका छन भने १३ जना सामान्य रहेको ईलाका प्रहरी कार्यालय सल्लीबजारले जनाएको छ । गम्भीर घाइते हुनेमा वर्ष ३५ का भेरीगंगा नगरपालिका सुर्खेत छिन्चुुका चालक प्रकाश शर्मा, सशस्त्र प्रहरी वल सल्यानमा कार्यरत होम पंगाली, भेरीगंगा नगरपालिका सुर्खेतका शान्त कुमार तिरुवा, बन्गाड कुपिण्डे नगरपालिका १ का अनिष विश्वकर्मा, जाजरकोट छेडाका सहचालक गोपाल वड रहेका छन् ।

यस्तै जाजरकोट जिल्ला कुसे गाउपालिका ५ का दलवहादुर रोकाय, बनगाड कुपिण्डे नगरपालिका वडा ३ का वडासदस्य भिमवहादुर वुढाथोकी, रुुुुकुम चौरहजारीका विजय दर्लामी, रसुवाकि मालती आचार्य, जाजरकोटका पदम रोकाय, सल्यान श्रीनगरका गौतम वुढाथोकी रहेका छन् ।
यस्तै ज्वाला दलगण लमजुङका पुर्ण वहादुर सुनार, ललितपुर पाटनकी रजनी श्रेष्ठ, जाजरकोट छेडागाडकी भगवती उपाध्याय, काठमाडौका अनिता मान्नधर र शारदा नगरपालिकाका भुम वहादुर वुढाथोकी घाईते भएका छन् ।घाइते सबैलाई उपचारका लागि नेपालगन्ज पठाएको छ । गाडी सडक बाट करिब १ सय ५० मिटर तल खसेको छ । तिव्र गतिका कारण गाडी दुर्घटना भएको हुुुुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।

प्रतिक्रिया दिनुहोस