सल्यान,२६पौष ।एशियन लाइफ इन्स्योरेन्स सल्यान शाखाले एक कार्यक्रम गरी अभिकर्ताहरुलाई उत्प्रेरणा मूलक प्रशिक्षण दिएको छ ।सल्यानमा रहेका करीब ६० जना अभिकर्ताहरुलाई शनिबार श्रीनागरमा प्रशिक्षण दिइएको हो ।एशियन लाइफ इन्शुरेन्स सल्यानका कम्प्यूटर अपरेटर हरि थापा को मन्तव्य बाट सुरु भएको कार्यक्रममा मोटीभेशन प्रशिक्षक भागवत घीमेरेले कुनै पनि व्याक्ति सफल हुनको लागी निरन्तरको अभ्यास,लगनशीलता र गन्तव्य तय गरी अगाडी बढेमात्र सफलताको सीढ़ी मा चढन कसैलाई पनि अप्ठयारो नहुने बताएका हुन ।
व्यक्तिले सिकाइलाई गहन बनाई आमदानिका श्रोत बढाउन सकिने भएकोले कुनै पनि कुरा सिकन पछाडी नपर्ण समेत घिमिरेले जोड दिए ।त्यस्तै प्राध्यापक तथा प्रशिक्षक गणेश अधिकारीले अभिकर्ताहरुलाई बीमाका बिभिन्न योजना सम्बंधि जानकारी दिदै अब आफु अरूको भर पर्नुभन्दा आफ्नो जीवन सरल बनाउन साथै आफूसँग भएको थोरै समयलाई सदुपयोग गर्नसकेमात्र बीमा क्षेत्रमा आम्दानी र सबैको भलो समेत हुने भएकोले इमान्दारिताका साथ लाग्नु पर्ने कुरामा जोड दिएका हुन ।कार्यक्रममा उत्कृश्ट १५ जना रीजनल क्लब मेम्बरलाई सम्मान समेत गरिएको थियो ।एशियन लाइफ इन्स्योरेन्स शाखा दाङ्का शाखा प्रबन्धक केशबराज गिरी को प्रमुख आतिथ्यता रहेको कार्यक्रमको सभापति सल्यान शाखाका शाखा प्रबन्धक टेकम प्रसाद धिताल रहेका थिए भने कार्यक्रमको सञ्चालन दाङ शाखाका वषन्त भूषालले गरेका हुन ।