अबैध रुपमा तयार पारेको घरेलु मदिरा नष्ट

सल्यान,२८ पौष ।ईलाका प्रहरी कार्यालय श्रीनागरले अबैध रुपमा तयार पारेको घरेलु मदिरा नष्ट गरेको छ ।बिभिन्न समयमा गरी जम्मा गरेको झण्डै २२०० लिटर मदिरा बनाउने कच्चा पदार्थ (जाड)र अन्दाजी १३० लिटर पक्का पदार्थ (रक्सी) ईलाका प्रहरी कार्यालयको बाहिरी कम्पाउण्डमा खाडल खनि नष्ट गरिएको हो।

बिभिन्न समयमा जम्मा गरेको मदिरा आज स्थानीय जनप्रतिनिधी शारदा नागरपालिका वार्ड न.१ का अध्यक्ष नवराज बुढाथोकी,सल्यान उद्योग बाणिज्य संघ सल्यानका अध्यक्ष बिरबहादुर चलाउने,श्रीनगर बजार व्यबस्थापन समितिका अध्यक्ष हपिस भण्डारी एव बिभिन्न मिडियाका पत्रकारको रोहबरमा उक्त मदिरा नष्ट गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस