चलचित्र पत्रकार संघ दाङको चौथो जिल्ला महाधिवेशन सम्पन्न

दाङ,२८ पुस। चलचित्र पत्रकार संघ दाङको चौथो जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशनबाट शिव पुन अध्यक्षमा चयन भएका छन ।
संघको उपाध्यक्षमा सन्तोष के.शी, सचिवमा पुर्ण के.शी, सह–सचिवमा निरला अर्याल र कोषाध्यक्षमा तिर्थराज चौधरी चयन भएका छन ।

त्यसैगरी अधिवेशनबाट आशिष के.शी, मिना खड्का, भुपेश वली र राजेश खत्री सदस्यमा चयन भएका छन । रिर्पोर्टस क्लब दाङमा भएको कार्यक्रममा पत्रकारिता क्षेत्रमा योगदान पुर्याउनु हुने ब्यक्तित्वहरुलार्ई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस