तुलसीपुर महोत्सवको उद्घघाटनमा पर्यटन मन्त्री योगेश भट्टराई आउने

तुलसीपुर, २९ पुस । तुलसीपुरमा पर्यटन बर्ष २०२०को अवसर पारेर माघ १० गते बाट आयोजना हुन लागेको महोत्सवको उद्घघाटनमा पर्यटन मन्त्री योगेश भट्टराई आउने भएका छन।
पर्यटन मन्त्रीसंगै नेपाल भ्रमण बर्ष २०२०का संयोजक सुरज बैध, उद्योग बाणिज्य संघका केन्द्रिय,प्रदेश र जिल्लाका पदाघिकारीहरु लगाएतको सहभागिता रहने आयोजक समितीले जनाएको छ ।
महोत्सवमा स्थानिय कला सस्कृतिलाई सम्र्बधन गर्ने र स्थानिय उत्पादनको बजारीकरण गर्नका जोड दिने महोत्सव मुल आयोजक समितीका अध्यक्ष बिर बहादुर रावतले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस