पाेखराकाे मनिपाल अस्पतालमा एकै पटकमा ४ बच्चाको जन्म

पोखरा,०२ माघ । पोखरामा एक महिलाले एकैपटकमा चार वटा बच्चाको जन्म दिएकी छिन । पुतलीबजार -१, स्याङ्जाकी २६ बर्षिया सुनिता (पौडेल) प्रधानले एकै पटकमा ४ वटा बच्चाहरुको सकुशल जन्म दिएकी छन् ।

पहिलो बच्चा छोरी (तौल १.६ किग्रा), दोश्रो छोरा (१.३ किग्रा), तेश्रो छोरी (१.३ किग्रा), चौथो (१.४ किग्रा)। मनिपाल शिक्षण अस्पातलमा डा. महेन्द्र पाण्डेको नेतृत्वमा शल्यचिकित्साको माध्यमबाट ४ वटा बच्चाहरू जन्मिएका हुन् । सबै बच्चाहरु तथा आमाको स्वास्थ्य सकुशल रहेको अस्पतालले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस