शनिवार साँझ दाङ आईपुगे काग्रेंस सभापति देउवा

दाङ, ०५ माघ । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा शनिवार साँझ दाङ आईपुगेका छन् । प्रत्येक बर्ष माघीमा दाङ आउने गरेका सभापति देउवा यस बर्ष पनि आएका छन् । नेपाल मानव अधिकार संगठनको यहि माघ ५ र ६ गते घोराहीमा हुन लागेको १४ औ राष्टिय सम्मेलनलाई सम्वोधन गर्न उनी दाङ आएका हुन् । साथै उनले बरघर मटाँवा महासंघ दाङको आयोजनामा शनिवार साँझ तुलसीपुरमा भएको बृहत थारु सास्कृतिक कार्यक्रमलाई सम्वोधन गर्दै थारु समुदाय सांस्कृतिक रुपमा धनी भएको बताएका छन् ।
पछिल्लो समय समाज आधुनिकतामा रमाउन थालेको अबस्थामा थारु संस्कृति, पहिचानलाई आधुनिकताको नाममा ओझेलमा पार्न नहुने बताए ।थारुहरु बिगतमा बिभेद तथा अन्यायमा पारिएको समेत बताए । साथै सभापति देउवाले आईतबार दाङको दंगीशरण गाउँपालिका स्थित थारु संग्राहलयको अवलोकन गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस