जन्मदिनको अवसरमा मृगौला पिडीतलाइ सहयोग

दाङ,५ माघ। जागरुप युबा नेता तथा ब्यबसायी प्रमोद बस्नेतले जन्मदिनको अवसरमा गरे मृगौला पिडीतलाइ सहयोग

नेपाली काँग्रेस दाङ्ग क्षेत्र नं. ३ का उपसभापती, युवा ब्यवसायी तथा समाजसेवी प्रमोद बस्नेतले आफ्नो जन्मदिनको अवसर पारी मृगौला पिडीतलाई आर्थिक सहयोग गर्नु भएको छ ।

तुलसिपुर उपमहानगरपालिका वार्ड नं. ९ सल्लिबनका ५५ बर्षिय सार्कु वलिलाई बस्नेतले ६१०५ रुपैया सहयोग गर्नु भएको हो । “जन्मदिनमा अनावश्यक भड्किलो खर्च गर्नु भन्दा मेरो सानो सहयोगले कसैलाई थोरै भएपनि राहत हुन्छ भन्ने सोचेर सहयोग गरेको हुँ ।” बस्नेतले बताउनु भयो । बस्नेत सामाजीक क्षेत्रमा क्रियाशिल रहदै आएका छन ।यसअघि पनि आफ्नो जन्म दिनको अवसरमा उहाले सामाजीक कामहरु गर्दै आउनु भएको छ । बस्नेत कांग्रेसको क्षेत्रिय उप सभापती हुन भने ब्यबसायीमा उत्तिकै सफल हुनुहुन्छ। त्यतिमात्र होइन, स्मरण रहोस, बस्नेत बिभीन्न सामाजीक सघ सस्थाहरुमा बसेर सफलरुपमा जिम्मेवारि निर्बाह गर्दै आउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस