कञ्चनपुरमा टिप्परको ठक्करबाट युवतीको मृत्यु

कञ्चनपुर,०९ माघ। कञ्चनपुरमा टिप्परको ठक्करबाट एक युवतीको मृत्यु भएको छ। मृत्यु हुनेमा भीमदत्त नगरपालिका– १६ गोबरीयाकी रमीता भट्ट रहेकी छिन्। बैतडीको गुरुखोलाकी उनको बिहीबार अपरान्ह टिप्परको ठक्करबाट घटनास्थलमै मृत्यु भएको जिल्ला प्हरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ। घटना लगत्तै चालक फरार भएका छन्। घटनापछि महेन्द्रनगर अहिले तनावग्रस्त भएको छ।

जिल्लाको महेन्द्रनगर, चम्मन चोकमा भएको उक्त घटनामा  से१क ८८७ नम्बरको टिप्परले साइकलमा गइरहेकी उनलाई ठक्कर दिएको थियो।

 

प्रतिक्रिया दिनुहोस