राष्ट्रियसभा प्रदेश नं. ५ महिला सदस्यमा बिमला घिमिरे निर्वाचित

दाङ,०९ माघ। राष्ट्रियसभा सदस्यको प्रदेश नं. ५ को महिला सदस्यमा बिमला घिमिरे निर्वाचित भएकी छिन् । बिहीबार सार्बजनिक भएको मतपरिणाम अनुसार नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को तर्फबाट घिमिरे निर्वााचित भएकी हुन् ।

उनले पाँच हजार सात सय २८ मत ल्याएर बिजयी भएकी हुन् । उनका निकटतम प्रतिद्वन्दी कांग्रेसका उम्मेदवार गिरिजादेवी न्यौपानेले दुईहजार एकसय मत ल्याएकी छिन् । घोराहीको जिल्ला समन्वय समितिको कार्यालयमा मतपरिणाम जारी छ ।

प्रतिक्रिया दिनुहोस