श्री शिव माध्यमिक बिध्यालयको २६औ वार्षिक उत्शव सम्पन्न

सल्यान,२६ माघ ।श्री शिव माध्यमिक बिध्यालयले एक कार्यक्रम गरी आफ्नो २६औ वार्षिक उत्शव मनाएको छ । बिध्यालयका प्रधानाध्यापक डिल्ली बहादुर हमालको स्वागत मंतव्यबाट सुरु भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्व्य समिति सल्यानका प्रमुख केश बहादुर बिष्ट रहनुभएको थियो भने बिशिश्ट अतिथि शारदा नगरपालिका सल्यानकी उपप्रमुख साबित्रा बस्नेत रहनुभएको थियो ।

त्यस्तै अन्य अतिथिहरुमा छत्रेश्वरी गाउँपालिकाकी उपाध्यक्ष सीता केसी,शारदा नगरपालिकाका प्रवक्ता एव वार्ड न.१२ का वार्ड अध्यक्ष दिपक कुमार हमाल,शारदा नगर कार्यपालिका सदस्य गोमा पोख्रेल,मञ्जु बादी, नेकपा सल्यानका जिल्ला कमिटी सदस्य भोला बुढाथोकी,आमा समूहका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

२०४९ माघ २५ मा स्थापना भएको बिध्यालयले आहिले सम्म आउँदा बिभिन्न आरोह अबरोह पार गर्दै आहिले कक्षा ११ संचलान गरी सकेको छ ।तीन दिन सम्म संचलान भएको वार्षिक उत्शबमा बिभिन्न खेलकुद तथा साँस्कृत प्रस्तुतिहरु रहेका थिए ।एव क्रमले बिभिन्न खेलकुद तथा साँस्कृत प्रतिस्पर्धामा प्रथम,द्वितीय र तृतीय स्थान हासिल गर्ने बिद्यार्थीहरुलाई प्रमाणपत्र सहित पुरस्कार प्रदान गरिएको थियो ।कार्यक्रममा बिद्यालयलाइ याहाँ सम्म ल्याउन प्रत्यक्ष र परोक्षरुपमा सहयोग गर्नुहुने दानदाताहरुलाई बिद्यालले प्रंशासापत्र सहित सम्मान गरेको हो ।यसै अवशरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एव जिल्ला समन्वय समिति सल्यानका प्रमुख केशबहादुर बिष्टले बिद्यालयलाई आफुले सक्दो तरिकाले सहयोग गर्ने समेत जानकारी दिनुभयो ।अतिथिहरुलाई मनोरन्जन दिन बिचबिचमा बिद्यार्थीहरुले बिभिन्न नृत्य एव बालबिबाह न्यूनीकरण सम्बनधि नाटक प्रस्तुत गरेका थिए।बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष युबराज खड्काको सभाअध्यक्षता रहेको कार्यक्रमको सञ्चालन शिक्षक सुलेमान सुनारले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस