भूगोललाई अध्ययन गरेर मात्र बिकाश निर्माणलाई अगाडि बढाउनु पर्ने ;मुख्य मन्त्री शाहि

सल्यान,२९ माघ ।भुगोललाई अध्ययन नगरेर बिकास निर्माणलाई अगाडि बढाउदा गतिलो बिकास नहुने भन्दै अब सम्पुर्ण कामहरु अध्ययन गरेर मात्र अगाडि बढाउने मुख्य मन्त्री शाहिले बताउनु भयो ।परम्परागत तरिकाले बिकास नहुने बताउदै पुरानै तरिकाले बिकास गर्दा बिकास निर्माणका कामहरु सुस्त गतिमा हुने भएका कारण बिकासको मोडल परिबर्तन गर्नुपर्ने धारणा राख्नु भयो।

सल्यानको श्रीनगरमा प्रादेशिक कृर्षि, पर्यटन, उद्योग, ब्यापार तथा साँस्कृतिक महोत्सव २०७६ को बुधबार उद्घाटन गर्दै शाहिले प्राथमिकताका आधारमा संभाव्यता अध्ययन गरेर मात्र बिकास निर्माण गरिने बताउनु भयो।

एउटा ठेकेदारले १० औ कामहरु गरिराखेको हुन्छ त्यसले गर्दा काम समयमै सम्पन्न नहुने र कामको म्याद थप्दै जाने परिपाटिले समस्या निम्त्याएको मुख्यमन्त्री शाहिको भनाई थियो।ठेकेदारलाई कार्बाही गर्ने कानुनी ब्यबस्था बलियो नभएको बताउदै समयमै काम सम्पन्न नगर्ने ठेकेदारलाई उसको जमानत रकम सिज गर्ने ब्यबस्थाको कानुन बनाउनुपर्ने बताउनु भयो।सार्बजनिक खरिद ऐनलाई कडा रुपमा संशोधन गर्नुपर्नेमा समेत शाहीको जोड थियो।

सांसद र नेताले आफ्नो निर्वाचन क्षेत्रमा बजेट तानातान गरेर जनतालाई खुसी बनाईरहेको मुख्यमन्त्री शाहिले बताउनुभयो।जिल्लाको उर्वरा भूमिलाई शारदा नदिले कटान गर्दै आएका कारण कटान नियन्त्रणगर्न प्रदेश सरकारले बिशेष कार्यक्रम सञ्चालन गर्ने मन्त्री शाहीले बताउनु भयो।

उद्योग बाणिज्य संघ सल्यानका अध्यक्ष बीर बहादुर चलाउनेको अध्यक्षतामा भएको कार्यक्रममा बिशिस्ट अतिथी प्रतिनिधीसभा सदस्य टेकबहादुर बस्नेत,कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला,जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर बिष्ट, शारदा नगरपालिका प्रमुख सुरेश अधिकारी, छत्रेश्वरी गाउपालिका अध्यक्ष सन्तोष केसी , उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र राज ढकाल, उद्योग बाणिज्य महासंघका मेला संयोजक दिल सुन्दर श्रेष्ठ, नेपाली कांग्रेसका नेता प्रेम बहादुर डाँगी लगाएतकाले मन्तव्य राखेका थिए। बरिष्ठ उपाध्यक्ष कुमार बुढाथोकीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन महासचिब भरत कुमार बस्नेतले गर्नुभएको थियो।

कृषि, पशु, वन, उद्योग, ब्यापार, पर्यटन बिकासको परिकल्पना, ब्यबसायीकरणद्धारा आर्थिक उन्नती गरी समृद्ध समाजको स्थापना भन्ने मुल नाराका साथ आजदेखि सल्यानको श्रीनगरमा महोत्सवको आयोजना गरिएको छ । महोत्सव फाल्गुन ११ गते सम्म संचलान हुने छ।

प्रतिक्रिया दिनुहोस