नव कान्तिपुर भलाई कोषको दाङ शाखा सञ्चालनमा

दाङ, ०२ फागुन।

नव कान्तिपुर भलाई तथा ईन्भेष्टमेन्ट कम्पनी प्रा.लिले आफनो दाङ शाखा तुलसीपुरमा समेत बिस्तार गरेको छ । सार्वजनिक भाडाका सवारी एवम निजी सवारीहरु दुर्घटनाको क्षतिपुर्ती राहत सम्बन्धि काम गरिरहेको यस संस्थाले हाल तुलसीपुरमा समेत शाखा बिस्तार गरेको हो ।

२०७५ सालमा स्थापना भई हाल देशका मुख्य ३० भन्दा बढी जिल्लाहरुमा शाखा बिस्तार गरि यातायात क्षेत्रमा हुनेगरेका दुर्घटनाको क्षतिपुर्तीको राहत सम्बन्धी काम गरीरहेको नव कान्तिपुर भलाई कोषका सचिव रुद्र कार्कीले बताउनु भयो ।

संस्थामा करिब छ हजार पाच सय भन्दा बढी गाडीहरु दर्ता रहेको र दाङ जिल्लाबाट यस संस्थामा आबद्घ रहेका गाडीहरुलाई थप सुबिधा उपल्ब्ध गराउनका निम्ती तुलसीपुरमा शाखा बिस्तार गरेका नव कान्तिपुर भलाई तथा ईन्भेष्टमेन्ट कम्पनी प्रा.लिका अध्यक्ष ईन्द्र बहादुर सापकोटाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस