तुुलसीपुरको नबनिर्मीत बसपार्क देशकै उत्कृष्ट, नगर प्रमुख पाण्डे सम्मानित

तुलसीपुरको नव निर्मित बसपार्क देशकै उत्कृष्ट घोषित भएको छ । नगर बिकाश कोषको त्रृण सहयोगमा भएका धेरै आयोजना मध्ये तुलसीपुर बसपार्क उत्कृष्ट घोषित भएको हो ।

काठमाण्डौमा नगर बिकाश कोषको ३२औ बार्षीक उत्सवको अवसरमा प्रमुख अतिथी सुचना,सञ्चार तथा प्रबिधी र सहरी बिकाश मन्त्री गोकुल प्रशाद बास्कोटा रहको कार्यक्रममा बास्कोटाले तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डेलाई सम्मान गरिएको हो ।

नगर बिकाश कोष र उपमहानगरपालिकासंग मिलेर नगर विकाष कोषले करिव १० करोड लागतमा बसपार्क निर्माण भएको हो । बसपार्कको पहिलो चरणको काम सम्पन्न भए पनि अर्को चरणको काम पनि तत्काल अगाडि बढ्ने नगर प्रमुख घनश्याम पान्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस