अहिलेको सरकारले अझै जनस्थरमा खुशी ल्याउन सकेको छैनः रेखा थापा

दाङ,०३ फागुन ।
मिडिया नेपाल दाङ शाखाको शाक्षात्कार कार्यक्रममा बोल्दै चर्चित नायिका तथा निर्देशक रेखा थापाले अहिलेको सरकारले अझै पनि आम जनस्थरमा खुशी ल्याउन नसकेको आरोप लगाएकी छिन ।

कार्यक्रममा बोल्दै थापाले आफु बिकट गाउ बस्तीहरुमा पुगेको र त्यहाँका समस्या जस का तस रहेको बताएकी छिन । बैदेशीक रोजगारबाट युवा बर्गले पठाएको रेमिटान्सले देश चलाउनु परेको अवस्थाको खण्डन गदै थापाले युवाहरुलाई स्वदेशमै रोजगारको श्रृजना गरी आफनै देश भित्र केही गर्न सक्ने वातावरण समेत सरकारले नगरेको आरोप लगाएकी छिन ।थापाले हालै बिवादमा परेको एमसिसिका बिषयमा एमसिसि पास गर्न नहुने समेत तर्क ब्यक्त गरेकी छिन ।

क्राउन रेष्टुरेन्ट तुलसीपुरमा आयोजना गरिएको शाक्षात्कार कार्यक्रममा मिडिया नेपाल दाङका शाखा अध्यक्ष तेज वलीको अध्क्षयता रहेको थियो भने सञ्चारकर्मी आशिष के.शीले कार्यक्रम सञ्चालन गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस