अदालतको फैसला निवर्तमान सभामुख कृष्णबहादुर महराको पक्षमा

काठमाण्डौ, ०५ फागुन ।
काठमाण्डौ जिल्ला अदालतले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई जवरजस्ती करणी उद्योगको मुद्दामा सफाई दिएको छ । जिल्ला अदालत काठमाण्डौका न्यायधिस अमरराज पौडेलको ईजलासले महरालाई सफाई दिएको हो ।

संसद सचिवालयकी कर्मचारीलाई बलात्कार गर्ने प्रयास गरेको आरोपमा बिगत केही महिना यता महरालाई काठमाण्डौ जिल्ला अदालतले पुपक्र्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

सभामुख महरा डिल्लीबजार कारागार पुपर्क्षका लागि थुनामा रहेका थिए । आजको फैसलाले महरा थुनामुक्त हुदैछन ।

प्रतिक्रिया दिनुहोस