निर्मला हत्या काण्ड मेरो प्राथमिकता हो, फाइल हेर्दैछु :आईजीपी ठाकुरप्रसाद ज्ञवाली

काठमाडौं, ०५ फागुन ।
प्रहरी महा निरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवालीले डेढ वर्ष पहिले भएको कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार र हत्याको घटना सुल्झाउनु आफ्नो कार्य कालको प्राथमिकता भएको बताएका छन् । उनले त्यसका लागि आफूले फाइल अध्ययन गर्न शुरू गरेको समेत बताए । ईजीपी ज्ञवालीले निर्मला हत्या काण्ड सुल्झाउन सके प्रहरीलाई हेर्ने आम नागरिकको दृष्टिकोण नै बदल्न सकिने समेत बताएका छन्।

“हो, केही केसमा चाहिं हामीले अपेक्षित परिणाम प्राप्त गर्न सकेका छैनौं। मु’द्दाको अनुसन्धानलाई ती’व्रता दिन सकेका छैनौं। छोटो समयमा मुद्दाको अनुसन्धानलाई ता’र्किक निष्कर्षमा र्पुयाउन सकेका छैनौं”, उनले भने, “अनुसन्धान भनेको टा’इम लाइन दिएर गर्ने विषय त होइन। यो निरन्तर चल्ने प्रक्रिया हो। त्यसकारण यो घ’टनाको अनुसन्धान पनि निरन्तर छ। कुनै न कुनै दिन यसको प’रिणाम आउँछ।

मेरै पालामा यसको परिणाम आओस् भन्ने मेरो प्रयत्न हुन्छ नै। त्यसले मलाई नै राम्रो गर्छ । त्योभन्दा महत्त्वपूर्ण पीडितले न्याय पाउँछन्। पी’डक कानूनको दायरा भित्र आउँछ। समाजले पुलिसलाई हेर्ने दृष्टिकोणमा सकारात्मक सोचको विकास हुन्छ ।” त्यतिबेला जुन एउटा स्वभाविक अनुसन्धान पद्धति अगाडि बढ्नु पर्थ्यो, त्यो हुन नसकेको उल्लेख गर्दै उनले प्रहरीले त्यसो गर्न नसकेको स्वीकार गरे ।

प्रतिक्रिया दिनुहोस