अखिल नेपाल यातायात मजदुर संघको केन्द्रिय सदस्यमा दाङका घनस्याम डाँगी

दाङ, ०५ फागुन ।

अखिल नेपाल यातायात मजदुर संघको केन्द्रिय समिति मा दाङ तुल्सिपुरका घनस्याम डाँगी निर्बाचित हुनुभएको छ।  रामचन्द्र कार्कीको अध्यक्षतामा बसेकाे बैठकले ४१ जनाको कार्यसमिति  चयन गरेकाे हाे । संघमा यसअधि ३५१ जनाको कार्यसमिति रहेकाे  थियोे । अखिल नेपाल यातायात मजदुर संघकाे बैठक काठमाण्डौमा अाइतवार सम्पन्न भएको हाे।

डाँगी बिगत लामो समय देखि यातायातको क्षेत्रमा जिल्ला देखी प्रदेश हुँदै केन्द्र सम्म उहाँको महत्वपुर्ण भुमिका रहदै आएको थियाे। डाँगी यस अधि संघकाे जिल्ला कमिटीका सहसचिव र प्रदेश कमिटीका काेषाध्यक्षमा समेत रहनु भएकाे थियाे ।

 

प्रतिक्रिया दिनुहोस