प्रजातन्त्र दिवसको अवसरमा तुलसीपुर कारागारबाट दश कैदी रिहा

दाङ,०७ फागुन ।
बिभिन्न मुद्दामा जेल सजाय भोगिरहेका दश कैदीे राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा तुलसीपुर कारागारबाट कैद माफि पाएर छुटेका छन । असल चालचलन, आचरण सुधार र ५० प्रतिशत कैद भुक्तान गरिसकेका दश कैदीलाई आज रिहा गरिएको कारागार कार्यालय तुलसीपुरका जेलर युवराज परियार डेली न्युज बैँकलाई बताए ।

जेलर युवराज परियारका अनुसार कर्तब्य ज्यान मुद्दाका पाँच जना, सवारी ज्यान मुद्दाका एक जना,ज्यान मार्ने उद्योग मुद्दामा दुई जना,डाँका चोरी मुद्दाका एक जना र सरकारी छाप दस्तखत किर्ते मुद्दाका एक जना रहेका छन । कैदमुक्त भएका सबैलाई कारागार प्रशासनले टिका लगाएर बिदाई समेत गरेको छ ।

राष्ट्रपती बिध्यादेबी भण्डारीले संबिधानको धारा २७६, फौजदारी कसुर ऐन २०७४ तथा फौजदारी कसुर नियमावली बमोजिम मन्त्रिपरिषदको सिफरिसमा राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा देशभरिका कारागारबाट ३२९जना कैदीहरुको कैद मिनाहा गरेको कारागार ब्यवस्थापन बिभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस